
पोखरा । घाचोक माछापुच्छ्रे पोखरा सम्पर्क समाजले प्रकाशन गरेको भित्तेपात्रोको सोमबार विमोचन गरिएको छ। पोखरामा आयोजित एक कार्यक्रमसहित भित्ते पात्रो विमोचन तथा नयाँवर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरिएको हो।
भित्तेपात्रो समाजका ज्येष्ठ सल्लाहकार सुवेदार तोरणबहादुर गुरुङ र समाजका अध्यक्ष तोयनाथ वैरागी लम्सालले संयुक्त रुपमा सार्वजनिक गरे।
समाजका अध्यक्ष लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै सृजनशील काम गरेको बताए। उनले समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेर काम गर्दै आएको सुनाए।
कार्यक्रममा समाजका सल्लाहकारहरु मीनप्रसाद लम्साल, मीनराज लम्साल, गंगालाल पोखरेल तथा समाजका कार्यसमितिका पदाधिकारी तथा सदस्यले समाजका गतिविधिलाई थप सिर्जनशील र सक्रिय बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सभापतिमा निर्वाचित भएका समाजका सहसचिव विष्णु पोखरेल र समाजका कार्यसमिति सदस्य कृष्ण दवाडी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकामा बधाई ज्ञापनसमेत गरिएको समाजका समाजका सचिव जगत गुरुङले बताए।
