पेट्रोलियम पदार्थको मूल्य घट्यो

Share:

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ। बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।

जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ।

कमेन्ट गर्नुहोस्
Share: