सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

Share:
GOld silver

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

गतवर्ष ३१ चैत्रमा सुन एक लाख ८६ हजार पुगेर रेकर्ड बनेको थियो। नयाँ वर्षमा केही घटे पनि आज फेरि सुन अहिलेसम्मकै सर्वाधिक पुगेको हो।

कमेन्ट गर्नुहोस्
Share: