पोखरामा लागूऔषध ब्राउनसूगरसहित २ जना पक्राउ

Share:

पोखरा । पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो साढे ३ बजे पोखरा महानगरपालिका-२६ विजयपूरमा सर्लाही घर भई हाल पोखरा १४ चाउथे बस्ने ४३ वर्षिय विक्की परियार र पर्वत घर भई हाल पोखरा-५ जिरो किमी बस्ने ३८ वर्षिय ओम बहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ४.९० ग्राम, विभिन्न कम्पनीका मोवाईल २ थान र नगद १७ हजार ९ सय रुपैयाँ समेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: