पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भए कसैलाई बाँकी नराखौं : पूर्व मुख्यमन्त्री अधिकारी

Share:

पोखरा । नेकपा एमाले नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विमानस्थललाई सधैं विवादको घेरामा नपार्न आग्रह गरेका छन्। विमानस्थल निर्माणका क्रममा अर्बौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूरा क्षमतामा सञ्चालनका लागि सबै लागिरहेका छौं । सबैजना आ-आफ्नो ठाउँबाट लागिपरौं । तर यसको निर्माणमा अनियमितता भएको हो र , छ भने कुनै पनि कसर बाँकी नराखी कारबाही गरियोस्, तथ्यसत्य सार्वजनिक होस्। अन्यथा विमानस्थललाई सधै विवादको घेरामा नपारियोस्।’

बिहीबार उक्त विमानस्थलमा संसदको सार्वजनिक लेखा समितिले गठन गरेको राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले ठहर गरेको छ। जुन अहिलेसम्मकै मोटो रकम भ्रष्टाचार भएको निष्कर्ष छ।

विमानस्थल निर्माण गर्दा कर छुटसहित आर्थिक अनियमता गरेर उपसमितिले विमानस्थल निर्माण गर्दा हालका महानिर्देशक प्रदीप अधिकारी आयोजना प्रमुख रहेको र उनकै निर्देशनमा काम भएको भन्दै अधिकारीलाई तत्काल निलम्बन गरेर थप अनुसन्धानका साथै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनसमेत सिफारिस गरेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: