भवन भत्किँदा ४ जनाको मृत्यु, अझै धेरै मानिस फसेको आशंका

Share:

भारतको राजधानी दिल्लीको मुस्तफाबाद क्षेत्रमा शनिबार बिहान एउटा भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ भने भग्नावशेषमुनि धेरै मानिस फसेको आशंका गरिएको छ।

उत्तर पूर्व जिल्लाका अतिरिक्त डीसीपी सन्दीप लाम्बाले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भत्किएको भवनमुनि अझै आठ/दश जना फसेको आशंका छ।

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले पनि फसेकाहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्। अटवालले उद्धारका लागि एनडीआरएफ, अग्नि नियन्त्रक सेवा र प्रहरी टोली खटिरहेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: