
काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका-१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट पक्राउ गरेको हो।
३४ वर्षीय सिलवाल पूर्वराजा समर्थहरूको बिचमा सन्तोष राजावादी भनेर चिनिन्छन्। काठमाडौँ-३२ कोटेश्वरस्थित महादेवस्थानबाट पक्राउ गरेर उनलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको ब्युरोका एकजना अधिकृतले बताए ।
कमेन्ट गर्नुहोस्
