मन्त्रिपरिषद् बैठक : सुशासन आयोग गठन गर्ने निर्णय, पौडेल सचिवमा बढुवा

167
0
Share:

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोग सदस्य रहने बताइएको छ। यस्तै मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: