मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

335
0
Share:
accident

काठमाडौँ । डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले जानकारी दिए।

धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनी ट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जना मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्
Share: