रघुजी पन्त भन्छन्- अब म कम बोल्छु, काम धेरै गर्छु !

Share:

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आफ्नो कार्यकालभर कम बोल्ने तर काम भने धेरै गर्ने बताएका छन्।

बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले शिक्षकहरूको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषमयमा बोल्ने बताए।

उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन्। राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन। अब बोल्ने भन्दापनि काम गर्ने ठाउँमा आएको छु। म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु। मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ। अहिले भन्ने त्यत्ति नै हो।’

कमेन्ट गर्नुहोस्
Share: