वैशाख १४ सम्म विद्यालय नआउने शिक्षकलाई राजीनामा दिन चेतावनी

Share:

काठमाडौँ। विभिन्न मागसहित शिक्षकहरू २४ दिनदेखि काठमाडौँमा सडक आन्दोलनमा रहेका छन्। पठनपाठन बन्द गरेरै उनीहरु राजधानी केन्द्रित आन्दोलनमा होमिएका छन्।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बोलाएको वार्ता पनि भाँडिएको छ। तर शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ।

गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।

उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन चेतावनी दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: