
पोखरा। स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ वैदेशिक रोजगार शाखा संरक्षण, गण्डकी प्रदेश पोखराको आयोजनामा मैत्रीपुर्ण पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो। शनिबार सम्पन्न फाइनल खेलमा पुरुष भलिबलतर्फ टीम युनिटी विजयी बनेको छ।
फाइनलमा टीम युनिटीले ब्रदर्श युनाइटेडलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेताले शिल्ड, मेडल, प्रमाण(पत्रका साथमा पुरस्कार समेत पाएको छ। महिला भलिबलतर्फ जि एण्ड जि गल्र्स विजयी बनेको छ। फाइनलमा भिडन्तमा युनाइटेड गल्र्सलाई सोझो सेटमै हराएर उपाधि जितेको हो। विजेता टोलीले शिल्ड, मेडल, प्रमाणपत्र तथा खसी पुरस्कारका रुपमा पाएका छन्।
पुरुषतर्फ उत्कृष्ट खेलाडी देबहादुर गुरुङ र उत्कृष्ट स्पाइक सन्जेस आले भए। महिलातर्फ उत्कृष्ट खेलाडी मनिशा मगरले प्राप्त गरिन्। दोश्रोपटक पोखरा मल्टिपल क्याम्पस शान्तिवनको खेल मैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरी व्यवसायीहरूमा भाइचाराको विकास साथै कर्मचारीहरूबीच आत्मियता बढाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए।
संस्थाले वर्षौंदेखि गर्दै आएको खेलकुद कार्यक्रम अन्तर्गत यसवर्ष पनि बैषाख १२ र १३ गते २ दिन आयोजना गरिएको हो। यसअघि कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी प्रवेशचन्द उप्रेति व्यवसायीहरु बिच हुने यस्ता खेलकुद कार्यक्रमले आपसी सम्बन्धलाई प्रगाढ बनाउनुका साथै स्वास्थ्यमा पनि फाइदा हुने बताए।
कार्यक्रमका अध्यक्ष सुजन श्रेष्ठले व्यवसायीले व्यवसाय मात्रै होइन अन्य सृजनात्मक गतिविधी र सामाजिक उत्तरदायित्वका गतिविधी पनि गनुपर्नेमा जोड दिए। कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष रविराज घिमिरेले गरेका थिए भने सञ्चालन महासचिव धिराज श्रेष्ठले गरेका थिए। कार्यक्रममा प्रतियोगिता संयोजक सागिर अलि, सह-संयोजक घनश्याम गौतम (ज्याक) र सह-सयोजक सन्तोष पोख्रेल लगायतले बोलेका थिए। संघका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षता कार्यक्रम भएको थियो।
