काठमाडौँ महानगरपालिकाले दियो आइतबार शोक बिदा

322
0
Share:

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौं नगर पञ्‍चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले शोक बिदा दिने निर्णय गरेको हो ।

अत्यावश्यक सेवा बाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने सूचनामा उल्लेख छ।

लामो समयदेखि प्रोस्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गए राति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: