सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ !

252
0
Share:

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। सांसद राईलाई आज (शनिबार) काठमाडौंको कपनबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले सांसद राई कपनबाट पक्राउ परेको पुष्टि गरे। सांसद राईविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । यसपछि उनी पक्राउ परेकी हुन्। उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा मुछिएकी थिइन्।

भोजपुरबाट आदिवासी जनजाति कोटातर्फ समानुपातिक सांसद राई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा पक्राउ पुर्जी जारी भएपछि फरार थिइन् । उनी भदौयता सदन र समितिमा अनुपस्थित रहँदै आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: