
पोखरा । पछिल्लो दिनमा सय जन्मदिन तड्कभड्कभन्दा सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ। स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आफ्नो परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो।
पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहेका इन्द्रबहादुर र सुमिता थापामगरले छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा वृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गरेका छन्।
पोखरा वृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच आरुमा थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नेपाल मगर संघ गलेश्वर इकाईका अध्यक्ष मिना रानामगरले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गरे।
समाजका विपन्न, असहाय एवम् परिवारबाट अपहेलित जेष्ठनागरिकलाई गास, वास र कपासको व्यवस्था गर्दै उनीहरुको जिवनको बुढेस कालको लौरो वनेको आश्रममा हाले जेष्ठ नागरिक र सेवक सेविका गरि कूल ५६ जना रहेको अध्यक्ष पराजुलीले जानकारी दिए।
