६ एआईजीको पदस्थापन

146
0
Share:

काठमाडौँ । नेपाल प्रहरीको जनपद समुहतर्फ बढुवा भएका ६ जना एआईजीहरुको पदस्थापन गरिएको छ। सोमबार बसेको बैठकले एआईजी बढुवासँगै पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चन्द्र कुबेर खापुङलाई केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’ मा पदस्थापन गरिएको छ। लालमणी आचार्यलाई कार्य विभाग, कृष्णहरी शर्मालाई प्रशासन विभाग, दान बहादुर कार्कीलाई मानवश्रोत विकास विभाग र राजन अधिकारीलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ।

डा. मनोज कुमार केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: