शिक्षक हड्ताल र प्रदर्शन आजबाट स्थगित

Share:

काठमाडौँ। सरकारसँग सहमति भएसँगै शिक्षकहरूको हड्ताल र प्रदर्शन आजबाट स्थगित भएको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सरकारले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको ९ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। सो सहमति स्वीकार गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

योसँगै हड्ताल र प्रदर्शन आजैबाट स्थगित गरिएको शिक्षक महासंघले विज्ञप्ति जारी गरी जनाएको छ। बुधबार भएको वार्तामा शिक्षकहरूका कतिपय सुविधा लगायतका मागहरू पूरा गर्ने सहमति भएको छ। सो सहमतिबारे केहीबेर अगाडि शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

शिक्षकहरूसँग भएको सहमति पूरा गर्न राज्यलाई थप ८ अर्ब रूपैयाँ भार हुने पनि पत्रकार सम्मेलनमा शिक्षामन्त्रीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: