पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको भारतको दाबी

Share:

भारतले पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको छ। भारतले भारत प्रशासित जम्मु कश्मीरको जम्मुस्थिय हवाई अड्डामा पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको हो।

भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रमाणुको माध्यमले उक्त लडाकु विमान खसालेको हो। यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी गरेको छैन।

यसअघि बुधबार पाकिस्तानले भारतका ५ लडाकु विमान खसालेको दाबी गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: