हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोट

Share:

पोखरा । हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ। क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ विगत ५ बर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ।

पोखराको दरबारथोकमा भेला भएर नगरबसमा पृथ्वी राजमार्गको मानुङकोट चोक बाट पैदलमार्ग हुँदै ब्यास नगरपालिका वडा नं ५ को १०८० मिटर उचाइमा रहेको पर्यटकीय स्थान मानुङकोट सम्म हाइकिङ गरिएको थियो भने फर्कदा मानुङकोटबाट म्याग्दे गाउँपालिका वडा नं. १ ताक्राङ हुँदै वडा कार्यालय अगाडी पृथ्वी राजमार्गमा आएको थियो ।

हालसम्म क्लबले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँका विभिन्न ठाउँमा हाइकिङ गराउँदै आएको र तनहुँका थप्रेक गाउँ, दगाम सामुदायिक होमस्टे, किल्चोक अकला मन्दिर, भिमादको घाङ्च ल्हुममा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको क्लबका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले बताए।

हाइकिङमा सहभागी हुन इच्छुकले क्लबको सदस्य नभए पनि सहभागी हुन सकिने, खानाको ५ र यातायातको दुरिको हिसाबले खर्च तिर्नुपर्ने, संस्थाको सदस्यता आजिवनको ३ हजार र साधारणको ५ सय तोकिएको क्लबकि कोषाध्यक्ष टीका आचार्य सुबेदीले बताइन्।

कमेन्ट गर्नुहोस्
Share: