‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने श्रेष्ठ पक्राउ

378
0
Share:

 गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज र धम्की दिने एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ तिनदोबाटोबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले आफू गृहमन्त्रीको निकट सहयोगी भएको दाबी गर्दै विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई टेलिफोनमार्फत धम्क्याउने, गालीगलौज गर्ने र दैनिक प्रशासनिक कामकाजमा अवरोध सिर्जना गर्ने गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका श्रेष्ठ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ निवासी हुन्। उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको  छ ।

कमेन्ट गर्नुहोस्
Share: