
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबका निर्वाचनमा अरुका बैशाखी नटेक्ने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
उनले विगतका निर्वाचनमा कांग्रेस-एमालेले बेइमानी गरेको बताए। ‘हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावबाट देखिएको छ। अब हामी कुनै पनि निर्वाचनमा अरुको बैशाखी टेक्दैनौं। विगतका निर्वाचनमा हामीले कांग्रेस-एमालेसँग गठबन्धन गर्दा इमान्दारिता देखायौं। तर, उनीहरूले बेइमानी गरे,’ उनले भने।
माओवादी फेरि बेइमानीको शिकार नबन्ने उनले बताए।
कमेन्ट गर्नुहोस्
