फेवातालबाट ३ जना इजरायली पर्यटकको उद्दार

Share:

काठमाडौँ । पोखरास्थित फेवातालबाट ३ जना विदेशी पर्यटकको सकुशल उद्दार गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यू टावरमा तैनाथ विपद् उद्दार टोलिले साेमबार मोटर बोटको सहयोगमा ३ जना इजरायली पर्यटकहरुको सकुशल उद्दार गरेको हो ।

काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा अचानक आएको हावाहुरीका कारण छाल आउँदा जोखिममा परेका एक महिलासहित तीन जना इजरायली पर्यटकको उद्दार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक(डीएसपी) शैलेन्द्र थापाले बताए । उनका अनुसार उद्दार गरिएकाहरुको अवस्था सामान्य रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: