पोखराको लक्ष्मी आदर्श माविले मनायो ५७ औं वार्षिकोत्सव

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले सोमबार ५७ औं वार्षिकोत्सव एवम् छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका पूर्वविद्यार्थी समेत रहेका गण्डकी विश्वविद्यालयका कुलपति प्राध्पापक डा. इन्द्रप्रसाद तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे ।

तिवारीले शैक्षिक सुधारका कार्यक्रममा गण्डकी विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकमार गुरुङले राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सही रुपमा सदुपयोग गरेर व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारीले कार्यक्रमका उद्धेश्य स्वम् भावी योजनाबारे जानकारी गराएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत वद्रीनाथ सुवेदीले बौद्धिक पलायनलाई रोक्न विद्यार्थीहरुलाई स्वदेशमा नै राख्ने खालको शिक्षा दिने बारेमा राज्य प्रणाली चिन्तनशील भएको धारणा राखेका थिए ।

विद्यालयकासहायक प्रधानाध्यापक कोपिला धितालले स्वागत मन्तव्य राखेकी थिइन भने अक्षयकोष स्थापना गर्ने दाताहरुको प्रतिनिधित्व गर्दै पदमराज ढकाल, कक्षा १० की अमृता तामाङ, विवेक अधिकारी, कक्षा ११ का रोशन रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्र.अ. शिवमणि भण्डारीले विद्यालयका गतिविधि र भावी योजना प्रस्तुत गरेको कार्यक्रममा वि व्य.स.सदस्य हेमराज आचार्यले धन्यवाद ज्ञापन गरे ।

अक्षयकोष तथा विद्यालयस्रोत वाट १ सय २ जना विद्याथीलार्ई छात्रवृत्ती तथा शैक्षिक र अतिरिक्त क्रियालापका पुरस्कार वितरण गरिएको थियो । सञ्चालन विद्यालयका लेखापाल गणेश पौडेलले गरेका थिए । सहायक प्रधानाध्यापक कोपिला धिताल,शिक्षक दामोदर पौडेल,सन्तोष सुवेदी, शकुन्तला पाण्डे लेखापाल गणेश पौडेल र पिटी शिक्षक श्री खिम वहादुर आलेलाई लगायतलाई सम्मान समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: