
सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइलको लाइट बालेर बैठकलाई निरन्तरता दिइएको छ।
शुक्रबार काठमाडौं उपत्यकामा आएको हावाहुरीसहितको पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध भएको छ।
बैठकमा सहभागी एक सांसदका अनुसार बत्ती जाँदा सांसदहरूले आ-आफ्ना मोबाइल टर्च बालेर बैठक निरन्तर राखेका थिए। ‘‘बत्ती गए पनि बैठक रोकिने अवस्था थिएन,’’ ती सांसदले भने, ‘‘मोबाइलको उज्यालोमा छलफललाई निरन्तरता दिनुपर्यो।’’
शिक्षा उपसमितिको बैठकमा हाल शिक्षा विधेयकबारे छलफल भइरहेको छ।
कमेन्ट गर्नुहोस्
