शनिबार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुँदै

Share:

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशको आयोजनामा आगामी शनिबार पोखरामा निःशुल्क आँखा शिविरको आयोजना हुने भएको छ।

३२ औं मदन आश्रीत स्मृति दिवसको अवसर पारेर आँखा शिविरको आयोजना गर्न लागिएको हो। हिमालय आँखा अस्पतालको सहकार्यमा पोखरा रंगशालामा निःशुल्क आँखा जाँच तथा उपचार शिविर आयोजना हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए।

सामाजिक उत्तर दायित्व अन्तर्गतको उक्त शिविरमा पत्रकार, खेलाडीहरु, खेल प्रशिक्षक र रेफ्रीहरुले सहभागीता जनाउन समेत अध्यक्ष गुरुङले आग्रह गरेका छन।

मदन भण्डारी स्पोर्टस एकेडेमीले स्थापना कालदेखिनै खेलकुदका गतिविधी संगै सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको एकेडेमीका केन्द्रीय अध्यक्ष धुर्ब आचार्यले बताए।

कमेन्ट गर्नुहोस्
Share: