पोखरा २७ का वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रवार विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ, दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङको उपस्थितिमा स्व. बुवा अमरबहादुर गुरुङ र दाजु स्व धनबहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष पोखरा महानगरपालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन्।

गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने हेतुका साथ गुरुङको परिवारले उक्त रकमको चेक प्रधानाध्यापक विन्दु सुवेदीलाई हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले बुवा र दाजुको सम्झनामा विद्यालयका विद्यार्थीहरूको शैंक्षिक विकासमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए।

सोही अवसरमा विद्यालयका सल्लाहकार समेत रहेका समाजसेवी सुवेदारमेजर जगबहादुर गुरुङले विद्यालयलाई नगद पचास हजार रुपैयाँ सहयोग गरे । यस्तै अर्का समाजसेवी रामबहादुर गुरुङ ढल्केले नगद १५ हजार रुपैयाँ सहयोग गरका थिए।

कार्यक्रममा बोल्दै लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल र राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङले दाताहरुलाई धन्यवाद दिँदै रकमको सदुयोग हुने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: