
नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ। ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो।
विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका थिए। उनले नेपाली राजनीतिमा लामो समय योगदान गरेका छन्।
कमेन्ट गर्नुहोस्
