
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्ति अहिले चर्चाको विषय बनेको छ। गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रतिष्ठानको लागि कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ सभा सदस्य पदका लागि २०८२ साल वैशाख २७ गते दरखास्त आह्वान गरेको थियो। उक्त दरखास्त आह्वानसँगै चर्चा र विवाद बनिरहेको रहेको प्रतिष्ठानको उपकुलपतिमा प्राज्ञ नगेन सिंह ठकुरीले पनि आवेदन दर्ता गरेका हुन्। मन्त्रालयले राखेको प्रावधान अनुसार प्राज्ञ ठकुरीले आवेदन दर्ता गरेका हुन्।
मन्त्रालयले तोकेको मापदण्ड अनुसार प्रतिष्ठानको कुनैपनि पदाधिकारी पदका लागि भाषा, साहित्य, लोक साहित्य, ललितकला, नाट्यकला, संगीत वा संस्कृतिको क्षेत्रमा अध्ययन वा अनुसन्धान गरेर ख्याति कमाएको हुनुपर्ने भनेर तोकिएको छ। सो मापदण्ड अनुरुप नै प्राज्ञ ठकुरीले उपकुलपतिको लागि आवेदन दिएको बताए। विसं २०४८ सालबाट चित्रकलाको क्षेत्रमा पाइला चालेका उनले राष्ट्रिय रंगमा त्रिकोणात्मक चित्र सिर्जना गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल छन्।
प्राज्ञ ठकुरीले चित्रकलामा ललितकला क्याम्पस, भोटाहिटी, काठमाडौंबाट २०६२ मा स्नातक उत्तीर्ण गरेका छन् भने ललितकला विभाग, त्रिवि र्कितिपुरबाट २०६९ मा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका हुन्। उनका अनुसार मानिसको जीवनमा शिक्षाले धेरै महत्व राख्ने र शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम भएको भन्दै उनले कला क्षेत्रको अध्ययन बाहेक अन्य विषयको अध्ययन पनि गरेका छन्।
उनले आरआर क्याम्पसबाट पत्रकारीतामा प्रमाणपत्र तहको अध्ययन, ल क्याम्पसबाट एलएलबीको अध्ययन, त्रि।वि।र्कितिपुरबाट संस्कृतिमा स्नातकोत्तरको अध्ययन र त्रि-चन्द्र कलेजबाट समाजशास्त्रमा समेत स्नातोत्तरको अध्ययन गरेका छन्। विसं २०८०मा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीद्धारा विभूषित भएका ठकुरीले, २०६९ मा दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०७४ मा अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष) बाट स्वर्ण पदक लगायत थुप्रै पुरस्कारबाट सम्मानित भइसकेका छन्।
यस्तै २०६५ मा यूथ राजदूत फर पिस, यूपिएफ, साउथ कोरीयाबाट पनि उनी सम्मानित भएका थिए। प्राज्ञ ठकुरी ३४ वर्षको उमेरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद (२०७१-२०७५) समेत भईसकेका छन्। उनले यस क्षेत्रको विकासका निम्ति मात्र योगदान नगरि देशमा लोकतन्त्रको स्थापनार्थ विसं २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा सहभागी भइ उनी पटक९पटक घाइते समेत भएका थिए।
उनले कलाको क्षेत्रमा पुर्याएको योग्दानको कदर गर्दै काठ्माण्डौंको ठमेल स्थित म्यूजियम अफ नेपाली आर्ट (मोना म्यूजियम) मा त्रिविभुवन विश्वविद्यालयका प्राध्यापक प्राज्ञ तारा ओझाले उनको सालिक निर्माण गरका हुन्। प्राज्ञ ठकुरी एक त्यस्ता कलाकार हुन् जसले राजधानीको अनगिन्ती अवसरहरुलाई तिलान्जलि दिएर मोफसलमा नै बसेर वार्षिक रूपमा राष्ट्रिय कला प्रदर्शनीहरु गर्दै आईरहेका छन्।
उनी नेपालको त्यस्ता कलाकार समेत छन् जसले प्रतेक वर्ष “कलाकारको लागि कलाकार” अन्तरराष्ट्रिय अनलाईन प्रतियोगिता तथा प्रदर्शनी सफल रुपमा सञ्चालन गर्दै आईरहेका छन्। उनीले विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्न लागिरहेका छन्।
त्यस्तै विसं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ देश विकासमा ललितकला क्षेत्रबाट योगदान गरेका कलाकारहरुलाई कला क्रान्ति वर्ष व्यक्ति, कला क्रान्ति वर्ष पुरुष, कला क्रान्ति वर्ष नारी लगायतका अवार्ड प्रदान समेत गरिरहेका छन्।
विभिन्न आरोहअवरोहका बीच समेत विगत ३४ वर्षदेखि यसै क्षेत्रको उत्थान र विकासका लागि प्यासि भएर लागेका उनले विशेषगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा आफ्नो दरखास्त दर्ता गर्नुको प्रमुख उद्देश्य भनेको प्रतिष्ठानलाई बजेट विनियोजन गर्ने संस्थाको रुपमा स्थापित मात्र नगरि यसलाई आम्दानीको स्रोतको केन्द्रको रुपमा स्थपित गर्नु रहेको बताए।
योसँगै प्रतिष्ठानलाई समावेशी, नवप्रवर्तनशील र परिणाममुखी बनाउने आफ्नो लक्षय रहेको बताउँदै गण्डकीको विविध सांस्कृतिक धरोहरलाई विश्व मञ्चमा चिनाउने दृढ संकल्पसहित उक्त पदमा दरखास्त दिएको पनि उनले बताए।
