अनामनगरबाट १० जना जुवाडे पक्राउ

289
0
Share:

काठमाडौँको अनामनगरबाट प्रहरीले जुवातास खेलेको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।जुवा खालबाट २ लाख ५७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए।

प्रहरीले ९ बुक तास पनि बरामद गरेको छ। पक्राउ पर्नेमा दोलखा घर भएर भक्तपुर बस्ने रामजी बस्नेत, किशोर सुनुवार, रोल्पा घर भएका देवानन्द डाँगी, सिन्धुपाल्चोक घर भएका दावाङ्ग शेर्पा, नरध्वज श्रेष्ठ, दावा शेर्पा र ४३ वर्षीया गौरी न्यौपाने लगायत छन्।

शनिबार पक्राउ गरेर उनीहरुमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: