
पोखरा । प्रगतिशील इन्जिनियरिङ संघ नेपाल गण्डकी प्रदेश इञ्चार्जमा प्रकाश न्यौपाने चयन भएका छन्। संघको केन्द्रीय पदाधिकारी बैठकले लमजुङको राइनास नगरपालिका-१ का न्यौपानेलाई सचिवालय सदस्यमा चयन गर्दै गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी दिएको हो।
उनी गत चैत १२ र १३ गते सम्पन्न संघको १० औं केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
उनलाई मंगलबार सम्पन्न संघको केन्द्रीय पदाधिकारीको बैठकले जिम्मेवारी दिएको हो। पेसाले इन्जिनियर न्यौपाने लामो समयदेखि प्राविधिक क्षेत्रको संगठनात्मक विकास र समाजिक सेवामा क्रियाशील छन्।
नेकपा एमाले लमजुङ जिल्ला कमिटी सदस्य न्यौपाने राइनासको विकास र समृद्धिको गतिविधिमा समेत क्रियाशील छन्।
कमेन्ट गर्नुहोस्
