बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

Share:

बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राति १ बजेर ४८ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको मस्त निन्द्रामा रहेका मानिसहरू उठेर बाहिर निस्किएका थिए ।

भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले कुनै क्षति भए/नभएकोबारे स्पष्ट भइसकेको छैन । कुनै जानकारी आएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: