कास्कीकोटका मिर्गौला पीडित तिर्थबहादुर जिसीको याचना : मलाई बचाइदिनुस्

Share:

पोखरा । कास्कीकोट भुजेलबारीकी धनुमाया भुजेल जिसीका आखाँ महिनैदेखि ओभाना छैनन्। गाउँमा कोही नयाँ मान्छे देख्ने वित्तिकै उनी आफ्नो छोरालाई सहयोग गर्न सकिन्छ की भनेर बिन्ती बिसाइ हाल्छिन्। घरमा परिवारको जेठो छोरो विगत महिनादिनदेखि मिर्गौला पिडित भएर छटपटाई रहेका छन्।

३८ वर्षीय तिर्थबहादुर जिसी गएको फागुनमा पेट दुख्ने समस्याले पोखराको (पश्चिमाञ्चल गण्डकी) अस्पतालमा गएका थिए। सुरुमा डाक्टरले अल्सरको लक्षण देखाए औषधि लेखि दिए। त्यसपछि केही हप्तासम्म अल्सरको औषधि सेवन गरेका जिसीलाई समस्या २० को १९ भएन झन चापे जस्तो लाग्यो फेरी गण्डकीमै गएर उपचार गराए डाक्टरले औषधिको डोज पनि थपी दिए।

तर , उनको समस्या झन बल्झीयो। गएको जेठमा मणिपाल शिक्षण अस्पतालमा देखाउँदा एउटा मिगौला पुर्णरुपमा बिग्रिएको र अर्को मिर्गौलाले १३ प्रतिशत मात्र काम गरेको जानकारी पाउँदा छागाबाट खसे जस्तो भए।

अल्सरको औषधिको बढी डोजले मिर्गौला नै बिग्रिएको उनकी श्रीमती नीरु जिसी बताउछिन्। बैशाख १४ गतेदेखि मिर्गौला बिग्रिएको थाहा पाएपछि परिवार अहिले सहयोगको याचना गरिरहेको छ।

महिना दिनमै ६ लाख खर्च भइसहेको छ। अहिलेसम्म परिवारका अन्य सदस्य र गाउँका छर-छिमेकीले सयोग गरेर उपचार गराईरहेका तिर्थलाई अहिले नियमित डाइलाईसीस गराउन समेत आर्थिक अभाव भएको छ।

यतिबेला तिर्थको परिवारमा उपचार गर्न र परिवारको बिहान बेलुकाको खर्च जुटाउन हम्मेहम्मे भएको छ। मृगौला रोगको उपचार महँगो भएकाले उपचार गर्न कठिनाई भैइरहेको उनका भाई नारयण जिसी बताउछन्।

दाईको उपचारका लागि आर्थिक अभाव हुँदा उपचारमा समस्या हुने गरेको छ। उनले भने, “जिवन रक्षा गर्न मानव रुपी सहयोग गरी जीवन बचाइदिन सबैमा विनम्र अनुरोध गर्दछु।”

७ वर्ष वैदेशिक रोजगारमा रहेका उनी कोरोनाको समयमा नेपाल फर्किएका थिए। रोमानीया जाने तयारी गरेर पार्सपोट समेत बुझाएका थिए। गाउँमा ज्यामी काम गदै परिवार पाल्दै आएका तिर्थ स्वास्थ्य राम्रो भएको भए यती बेला उनी रोमानीयामा हुने उनका बाबु मोती भुजेल बताउछन्।

उनले भने, “हामी अरुलाई सहयोग गर्छौ भन्ने अवस्थामा आएका थियो अचानक आफ्नै जेठो छोरोको जिवन मरणको अवस्थामा आएको छ यसकारण सबैसँग सहयोग माग्नु परिरहेको छ।”

उनी अहिले तिर्थलाई आर्थिक अभावकै कारण राम्रोसगँ उपचार गराउन सक्दिन की भन्ने चिन्तामा छन्। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सहयोग गरेर जिवन बचाइदिन उनले सबैमा अनुरोध गरे।

उपचारमा सहयोग गर्न चाहाने सहयोगी हातहरुले मुक्तिनाथ विकास बैंकमा रहेको तिर्थको खाता नं ०२०२०१०१३२४७५२००००० सयोग गर्न परिवारले अपिल गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: