पोखरामा जारी यु-१६ गण्डकी छनौंट क्रिकेट: पर्वत ९ विकेटले विजयी

Share:

पोखरा । पोखरामा जारी यु-१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको ग्रुप ‘बि’को दोश्रो प्रतिस्पर्धामा पर्वत विजयी भएको छ।

पर्वतले स्याङ्जालाई ९ विकेटले हराएको हो। यो जितसँगै पर्वतले फाइनल प्रवेशको आफ्नों सम्भावना जिवितै राखेको छ। यसअघि शुक्रबार भएको खेलमा पर्वत नवलपुरसँग पराजित भएको थियो।

ग्रुप टेवलमा पर्वत र नवलपुर दुवैले १ जितसँगै समान २ अंक जोड्दा पहिलो खेल खेलेको स्याङ्जा अंक विहिन छ। यद्यपी उसले आइतबार हुने खेलमा नवलपुरलाई फराकिलो अन्तरले पराजित गरेमा उसको सम्भावना पनि कायमै रहने छ।

पोखरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्याङ्जाले पुरा २४ ओभरमा १ सय १९ रन जोड्दा सम्पूर्ण विकेट गुमाएको थियो । स्याङ्जाका भुवन भट्टराईले सर्वाधिक ३१ रन बनाए।

४८ बलको सामना गरेका भुवनले ४ चौका प्रहार गरेका थिए। त्यस्तै आयुष भट्टराईले १४ रन जोडे। ओपनर अभिषेक भट्टराईले ७ बलमा १० रन बनाए।

अन्य ब्याट्स्म्यानहरुले सम्हालिएर खेल्न नसक्दा स्याङ्जाको पारी सस्तैमा समेटिन पुग्यो। पर्वतका बलरहरु अनुप सिंह, गणेश श्रेष्ठ र आकल्प श्रेष्ठले समान २/२ विकेट लिए।

जितका लागि १ सय २० रनको लक्ष्य पाएको पर्वतले १३.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो। पर्वतका विनय कार्की र प्रतिक रावलले उत्कृष्ट गरे।

विनयले ४७ बलमा २ छक्का र ४ चौका सहित ४६ रन जोडे भने प्रतिकले ३० बलमा ६ चौका प्रहार गर्दै ४१ रन हाने। तेज पारी खेल्दै टिमलाई जितको बाटो देखाएका प्रतिक प्लेयर अफ द म्याच भए।

कमेन्ट गर्नुहोस्
Share: