पोखरा महानगरलाई सोमबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिदै

Share:

पोखरा । पोखरा महानगरपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिदैछ। नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालिबालिकाहरुले तोकिएका खोपहरू प्राप्त गरेकोमा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्न लागेको महानगरले जनाएको छ।

महानगर स्वास्थ्य व्यवस्थापन समिति र खोप समन्वय समितिको संयुक्त बैठकले नगर क्षेत्रका खोप लगाउनुपर्ने बालबालिकाहरूलाई खोप लगाएको सुनिश्चित गरेपछि सोमबार महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्न लागिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान ११ बजे एक समारोहका बिच पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिनेछ। नगर प्रमुख धनराज आचार्यले बालिबालिकाहरुको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने बताए। बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए।

स्वास्थ्य सम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको स्मरण गर्दै उनले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूले महत्त्वपूर्ण योगदान गरेको बताए।

कमेन्ट गर्नुहोस्
Share: