पोखराको गायत्री सिकाइको अभिभावक शिक्षा प्रशिक्षण कार्यशाला

Share:

पोखरा। पोखरा महानगरपालिका-१९ मा रहेको गायत्री बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रले एक दिने अभिभावक प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ। कार्यशालाको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले आफ्ना बालबालिकालाई कस्ता बनाउने र कुन संस्कार दिने भन्ने कुरा विद्यालयको भन्दा पनि अभिभावकमा निहित रहने बताउँदै, विद्यालयमा जति नै पढाए पनि पारिवारीक वातावरण नबनेसम्म बालबालिकाको विकास हुन नसक्ने बताए।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गायत्री बहुउद्धेश्यीय सामूदायिक सिकाइ केन्द्रले वडास्तरमा गर्दै आएका कार्ययोजनाहरुको प्रशंसा गरे। कार्यक्रममा बोल्दै सिकाइ केन्द्रका अध्यक्ष शोभामोहन पौडेलले विध्यालयहरुको शैक्षिक एवम् भौतिक निर्माणमा गायत्री सिकाई केन्द्रले निरन्तर गर्दै आइरहेका कार्यहरुमाथि प्रकाश पारे।

कार्यशालामा प्रशिक्षक दिपेन्द्र ढकालले अभिभावकहरुलाई बालबालिकाको विकासमा उनीहरुको भूमिकाका विषयमा प्रशिक्षण दिएको थिए। संस्थाका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यशालामा पोखरा-१९ का वडा सदस्य दुर्गादेवी बस्नेत, वडा शिक्षा समिति सदस्य विकास कुमार आचार्य, भारती भवन विव्यस अध्यक्ष विष्णुप्रसाद अधिकारी, गायत्री सिकाइ केन्द्र परिचारिका पवित्रा पौडेल,अभिभावाक सिमा बास्तोला,जसमाया गिरी लगायतले बोल्दै सिकाइ केन्द्रले अत्यावश्यक कार्यक्रम सञ्चालन गरेको र अभिभावकहरु कार्यशालाबाट अपेक्षाकृत लाभान्वित भएको बताए।

संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद गौतमको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सिकाई केन्द्रका उपाध्यक्ष एवं महेन्द्र मावि विव्यसका अध्यक्ष बैकुण्ठ पौडेलले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: