
पोखरा। पोखरा महानगरपालिका वडा नं २५ हेमजामा जेष्ठ १० गते देखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता-२०८२” को तेस्रो दिन दुई खेल सम्पन्न भएको छ। सोमबार पहिलो खेल वडा न १३ र १४ बिच भएको थियो। जसमा १३ ले २-० गोलको अन्तरले १४ लाई पछि पार्दै आगामि यात्रा तय गर्यो।
आयोजक वडा नं . २५ निलो र वडा न. २० विच भएको पहिलो क्वाटरफाईनलको खेलमा ४-० गोल अन्तरले पछि पादै वडा न. २५ निलोले सेमिफाइनल प्रवेश गरेको छ। उक्त खेलमा वडा नं . २५ जसी न. ६ का खेलाडी राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।
भोलिको पहिलो खेल वडा नं . ५ र २५ रातो बिच विहान ८ः०० बजे हुनेछ। दोस्रो वडा नं . १ र ६ बिच बिहान १० बजे हुने खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र द्धितीय पुरस्कार ५५ हजार ५ सय ५५ साथै ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ। उत्कृष्ट विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद २ हजार साथमा ट्रफी प्रदान गरिने छ।
साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले बताए। खेल जेष्ठ १७ गतेसम्म गौरीशंकर खेल मैदान (गौरी) मा सञ्चालन हुनेछ।
