
पोखरा । नेकपा एमाले गण्डकीले युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधबार सम्मान गरेको छ। एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले देशमा आशा र विश्वास र सम्भावनाका स्रोत युवा भएको हुँदा नयाँ कार्यसमितिले प्रतिष्पर्धी सबैको भावनाअनुरूप कार्ययोजनासहित काम गर्न आग्रह गरे।
शर्माले देश र पार्टी निर्माणका लागि सशक्त युवा चाहिने हुँदा युवाहरूमा आशाको सञ्चार हुने गरी काम गर्न आग्रह गरे। नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशा मुता विक सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।
नवनिर्वाचित समितिलाई सो पार्टीका प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सल्लाहकार परिषद अध्यक्ष मोहन रेग्मी, उपाध्यक्ष मीनप्रसाद गुरुङ, सचिव धनन्जय दवाडी ,उपसचिव दामबहादुर विकसहितले बुधबार एक विशेष कार्यक्रमका बिच सम्मान गरेका हुन।
अध्यक्ष नवराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यालय सचिव आर के पोख्रेलले जानकारी दिए।
