आज कहाँ-कहाँ पर्छ पानी ?

Share:

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। शुक्रबार कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: