पोखरामा लागुऔषध तस्करको गिरोह पक्राउ: १९ देखि ५१ वर्षका ५ जना गाँजा र टपेन्टाडोलसहित समातिए

Share:

पोखरा । कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरु १९ देखि ५१ वर्षसम्मका रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले गाँजा र टपेन्टाडोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सवै लागुऔषधको कारोबारी भएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार पोखरा ५,पस्र्याङबाट २० वर्षको मौषम पुन र १९ वर्षको राज मगर, पोखरा ४ नालाकोमुखबाट ३५ वर्षीय सुरज सुनार र पोखरा १८ लामागाउँबाट २७ वर्षीय शंकर घले तथा ५१ वर्षीय गोरे पुन रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: