दरबारथोक टोल विकास संस्थाको अध्यक्षमा मिन बहादुर केसी सर्वसम्मत चयन

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं. ९ स्थित दरबारथोक टोल विकास संस्थाको १९औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मिन बहादुर केसी (मिलन)को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्ष विष्णु खवास, सचिव कृष्ण रानाभाट, कोषाध्यक्ष निलम खवास तथा सदस्यहरू मोतिकुमार श्रेष्ठ, सुनिता कोइराला केसी, तारा कोइराला ढकाल, निलम गुप्ता, होम बहादुर भुजेल, लेखनाथ केसी र कमला खाती क्षेत्री रहेका छन्।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले गर्नुहुँदै संस्थाले टोलवासीको भावना अनुसार योजना अघि बढाउनु पर्नेमा जोड दिए। साथै, ठूला तथा खर्चिलो योजनाहरूमा वडा कार्यालयबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरे।

उक्त अवसरमा वडा सदस्य गीता चर्माकार, टोल विकास संस्था वडा समन्वय समिति पोखरा-९ का अध्यक्ष उत्तम जोशी, चण्डीका आमा समूहकी अध्यक्ष सीता नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सुर्यभक्त सिग्देलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मिन बहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। नवनिर्वाचित अध्यक्ष मिन बहादुर केसीले आफ्नो कार्यकालमा ढल ढकनी, सरसफाइ, फुटपाथ सुधार, अव्यवस्थित तार व्यवस्थापन, उज्यालो टोल अभियानलाई निरन्तरता दिँदै विजुलीका पोलहरूमा फेन्सिङ बत्ती जडान र सन्देशमूलक भनाइ टाँस्ने जस्ता योजनाहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम संस्थाका अध्यक्ष सुर्यभक्त सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष गंगा सुवेदीले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव मिन बहादुर रानाभाटले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: