जडिबुटी-पेप्सीकोला सडक किनाराका अनधिकृत संरचना हटाउन थालियो

233
0
Share:

काठमाडौं। काठमाडौंको जडिबुटी-पेप्सीकोला सडक खण्डको किनारामा रहेका अनधिकृत संरचना स्थानीयले आफैं हटाउन थालेका छन्। सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा सूचना जारी गर्दै सडकको दुवै छेउमा १५/१५ मिटरभित्रका संरचना हटाउन निर्देशन दिएका थिए।

महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार उक्त कार्यका लागि ३५ दिने अल्टिमेटम दिइएको हो। “गोरखापत्रमा सूचना प्रकाशित भएपछि वैशाख ३० गतेबाट सूचना टाँसी र माइकिङमार्फत जानकारी गराइएको थियो,” उनले बताए।

अल्टिमेटम अवधि सकिनुअघि नै स्थानीयहरूले संरचना हटाउन थालेका छन्। सडक विभागका अनुसार उक्त सडकको सीमांकन २०५८ मंसिर १८ गतेको राजपत्रअनुसार दायाँ-बायाँ १५/१५ मिटर कायम गरिएको हो। हालै २०८२ वैशाख १० गते ती सीमाहरू चिनो लगाएर औपचारिक रूपमा निश्चित गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: