पोखरामा टाउकोमा घन प्रहार गरी युवकको निर्मम हत्या

Share:

पोखरा । कास्कीको पोखरा महानगरपालिका-१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकको सडकमा एक युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार बिहान करिब ३० देखि ३५ वर्ष उमेरका देखिने अज्ञात युवकको घन प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

डिएसपी हरीबहादुर बस्नेतले दिएको जानकारीअनुसार युवकको टाउकोमा किला ठोक्ने घन प्रहार गरिएको पाइएको छ। प्रहरीका अनुसार मृतकको पहिचान अझै नखुलेको र अनुसन्धान जारी रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: