कास्कीमा असारदेखि खानी र नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक, उल्लंघनमा कडाई

Share:

पोखरा । कास्की जिल्लामा असार महिनादेखि नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलनमा रोक लगाइएको छ। बिहीबार बसेको जिल्ला अनुगमन समितिको बैठकले यो निर्णय गरेको हो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले निर्णय कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्। अवज्ञा गर्नेहरूविरुद्ध कानुनी कारबाही गरिने चेतावनी पनि उनले दिएका छन्।

जिल्ला समन्वय अधिकारी नवराज बरालका अनुसार आर्थिक वर्षको अन्त्यसम्म नदिजन्य पदार्थको मौज्दात शून्यमा ल्याउनुपर्नेछ। यदि शून्य बनाउन नसकिएमा बाँकी मौज्दात सम्बन्धित पालिकाले जफत गरी लिलाम गर्ने कानुनी व्यवस्था कडाइका साथ लागू गरिनेछ।

त्यसैगरी, सञ्चालनमा रहेका खानी, क्रसर तथा प्रसोधन उद्योगले असार मसान्तभित्र आफ्नो वार्षिक मौज्दात तथा खरिद-बिक्रीको विवरण सार्वजनिक गरी सम्बन्धित पालिका र अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ।

यस प्रक्रियाको निगरानी समेत कडाइका साथ गरिने बरालले जानकारी दिए।

 

कमेन्ट गर्नुहोस्
Share: