
पोखरा। पोखरा महानगरपालिका वडा नं. १७ स्थित दुर्गा मन्दिरले गत चैत महिनामा सम्पन्न कोटी दीप प्रज्वलन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको छ। कार्यक्रमका प्रमुख अतिथि ८५ वर्षीय मार्कण्ड उपाध्यायले दीप प्रज्वलन कार्यक्रमको उद्घाटन गरेका थिए। त्यस अवसरमा कार्यक्रमको आय–व्यय विवरण मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष वेदप्रसाद (शंकर) अधिकारीले प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा संविधानसभा सदस्य बिन्दादेवी राना, जनप्रतिनिधि विष्णु कुमारी थापा, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी, सल्लाहकार तुलसीराम बराल, शीतल चौतारी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पोख्रेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले कार्यक्रमलाई सफल बनाएकोमा शुभकामना व्यक्त गरेका थिए।
धार्मिक संस्था, आमा समूह, टोल विकास संस्था, शैक्षिक संस्था तथा समाजका अन्य प्रतिष्ठित व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा योगदान दिने सहयोगदाताहरूलाई सम्मानसमेत गरिएको थियो।
समापन समारोहमा दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले सबैलाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव ध्रुवराज बरालले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष रविन्द्रराज बरालले गरेका थिए।
