
पोखरा। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले पोखरा-८ सिमलचौरस्थित प्रतिभा मार्गबाट ठूलो परिमाणको लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, मिति २०८२ साल असार ३ गते साँझ करिब ६ बजे ग १७ प ७२३४ नम्बर र ग १४ प ३३५९ नम्बरका दुई वटा मोटरसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ परेकाहरूको साथबाट १०५० थान लागूऔषधयुक्त ट्याब्लेट बरामद गरिएको हो। लागूऔषधमा “Tramadol (१००mg)” लेखिएको ट्याब्लेटहरू रहेका छन्। साथै, उनीहरूबाट २ थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मनोज रेग्मी, २८ वर्ष, स्थायी ठेगाना स्याङ्जा पुतलीबजार-५, हाल पोखरा-७ रत्नचोक बसोबास गर्ने तथा राज बहादुर पौडेल, २८ वर्ष, हाल पोखरा महानगरपालिका-१७, घारिपाटन, राजेश बहादुर पौडेल, २८ वर्ष, हाल पोखरा महानगरपालिका-१७, घारिपाटन, रोज कुँवर, २३ वर्ष, हाल पोखरा महानगरपालिका-७, रत्नचोक प्रहरीले उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ७ दिन (९६० घण्टा) म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार, यो लागूऔषध कारोबार गिरोहको शृंखलाबद्ध अनुसन्धानको हिस्सा हो। प्रहरीले लागूऔषध नियन्त्रणमा जनचेतना र निगरानी दुबैलाई सशक्त बनाइरहेको जनाएको छ।
