यस्तो छ असार ०६ गते शुक्रबारको तपाईको दैनिक राशिफल !

Share:

आज मिति वि.सं. २०८२ असार ०६ गते शुक्रबार ई.सं. २०२५ जुन २० नेपाल सम्बत ११४५ बछलागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शोभन योग, गर करण । आज बिहान ०५ बजेर ०८ मिनेटमा झुल्किएको घामसाँझ ०७ बजेर ०२ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मिश्रित फलदायी दिन छ । लाभका लागि महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । व्यावसायिक काममा फाइदा उठे पनि आर्जित रकम तत्काल खर्च हुन सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आफू कमजोर भएको अनुभूति हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयास गर्नुहोला । राजकाजको काम या राजनीतिमा लागेका लाई विशेष सफलता मिल्ने देखिन्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने तथा अरूलाई प्रभावित पारेर काम लिन सकिने देखिन्छ । कीर्तिमानी काम सम्पादन होला । धर्मकर्ममा आकर्षण रहनेछ । विगतका निर्णयले काम बिग्रन सक्ने र बेसुरमा वचन दिने बानीले दुःख पाइने योग रहेकोले विशेष सजगताको खाँचो छ । मान्यजनको सुझावप्रति लचकदार बन्नु हितकर होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने समय भएपनि गरीआएको कामलाई निरन्तरता दिन सकिनेछ । विभिन्न सहयोग र उपहार प्राप्त होला । आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । अरुको भर नपर्नु हितकर होला । पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभदायी समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साझेदारीको काम बन्नेछ । परिवारिक सुख र प्रेमभाव वृद्धि होला । कर्मबल वृद्धि हुनाले यात्रापरक काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको साथ–सहयोगबाट शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको अवसर जुर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, सजग रहनुहोला । परिवारजनबाट टाढिनुपर्ने र आफ्नै कमजोरीले विवादमा परिने योग छ । आरोग्यबल बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कठोर परिश्रमका बाबजुद न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्चसमेत बढ्ने योग छ । पढाइलेखाइसम्बन्धी कार्यमा भने राम्रै प्रगति होला । प्रेमभाव वृद्धि र सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): काम बिग्रने भयले सताउन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । स्वास्थ्यगत समस्याले पनि केही सताउन सक्छ । स्वादिष्ट भोजनको माहोल मिले पनि खानपानमा सतर्कता अपनाउनु उचित हुनेछ । नियमित कार्यमा सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । व्यस्तता बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनुकूल समय छ । श्रमको उचित मूल्यांकन हुनेछ भने सहयोगीहरूले पनि राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आफन्तको साथ–सहयोग प्राप्त हुनेछ । आरोग्यबल वृद्धि हुनाले पराक्रम बढ्ेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख-सुविधाको बस्तु खरिदमा खर्च बढ्न सक्छ । आलोचक पक्ष कमजोर रहनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्ने समय भएपनि गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । विवेकको प्रयोग र आत्मसंयमताको शक्तिले शत्रुपक्ष तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । धन आर्जन गर्ने मौका जुर्ला । मान-महत्व बढ्नेछ । मिठो भोजन प्राप्तिले सुख प्रदान गर्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला । यात्राको व्यवस्थापनमा केही खर्च हुने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिने तथा ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । समयमा होश नपुग्नाले खर्चमात्र हुने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सजग रहनुहोला । पढाइलेखाइमा खासै समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नुपर्ला । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने योग रहेकोले सतर्कताको खाँचो छ । यात्रागत कार्यमा खर्च वृद्धि होला । बौद्धिक र रचनात्मक कार्यमा राम्रै छ । नियमकानून पछ्याउँदा जिम्मेवारी निर्वाहमा सहजता हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्यबल बढ्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले जुनसुकै काममा फाइदा हुन सक्छ । आयआर्जन राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँगको भेटघाटले लाभ मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । सुख विलास बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस् !

कमेन्ट गर्नुहोस्
Share: