विन्ध्यवासिनी माविका सहजले ल्याए चार जिपिए

Share:

पोखरा। पोखरा महानगरपालिका-१६ मा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयका छात्र सहज घिमिरेले यसवर्षको माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट ४.० जीपिए ल्याउन सफल भएका छन् ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट नतिजा ल्याएर घिमिरेले विद्यालयको गरिमालाई थप उच्च बनाएका छन्। विद्यालयका १ सय १३ जना परीक्षार्थीमा सहज घिमिरे ४, निकिता भट्टराई,भूमिका तामाङ,विरोचन गौतमले ३.९१ सहित १९ जनाले ३.६ भन्दा बढी,४९ जनाले ३.२ भन्दा बढी,३५ जनाले २.८ भन्दा बढी र ५ जनाले २.४ भन्दा बढी जिपिए ल्याई उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ।

‘सामुदायिक विद्यालयबाट ४.० जीपीए सहित उत्कृष्ट नतिजा आउनु ऐतिहासिक उपलब्धिका रुपमा लिईएको छ,’ प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले भने, ‘यो सफलताका लागि शिक्षकगण, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीहरुको मेहनत र साथप्रति धन्यवाद व्यक्त गर्दछु ।’

सामुदायिक विद्यालयतर्फ देशभर उत्कृष्ट पहिलो बनेको सो विद्यालयले गुणस्तरीय शिक्षाको लागि कार्य योजना नै निर्माण गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: