पोखराको हेमजामा पाँचौं हिलो महोत्सव भव्य रूपमा सम्पन्न

Share:

पोखरा पोखरा महानगरपालिका-२५ हेमजास्थित देवीस्थान सेवा समाजको आयोजनामा ‘पाँचौं हेमजा हिलो महोत्सव-२०८२’ आइतबार उल्लासपूर्वक सम्पन्न भएको छ। झरी नअटेर बृद्ध, युवा र बालबालिकासम्म सहभागी भएर हिलोमा रमाएको दृश्यले महोत्सवलाई अझै आकर्षक बनाएको थियो। अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको सुन्दर छायामा सम्पन्न महोत्सवमा छिमेकी वडाबाट समेत उल्लेखनीय सहभागिता देखिएको थियो।

महोत्सवको सुरुआत बिहान ११ बजे देवीस्थान माई मन्दिरमा भेला भई कृषि झाँकीसहितको शोभायात्राबाट गरिएको थियो। शोभायात्रा देवीस्थान मार्ग हुँदै मिलनचोक परिक्रमा गरी महोत्सव स्थलमा पुगेर समापन भएको थियो। महोत्सव स्थल सहयोगी संस्थाहरूका ब्यानर र धजापतले आकर्षक रूपमा सजाइएको थियो, र यस वर्षको महोत्सव अघिल्ला वर्षको तुलनामा अझ व्यवस्थित र भव्य देखिएको थियो।

विविध प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम

महोत्सवमा हिले दौड, रस्साकस्सी, झाँकी प्रदर्शन, विद्यालयस्तरीय धान रोपाइँ, हलगोरु तथा जोडी दौड, असारे गीत, माछा समाउनेजस्ता परम्परागत प्रतियोगिताहरू सम्पन्न भएका थिए। साथै उत्कृष्ट किसान तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नेहरूलाई सम्मान गरिएको थियो।

प्रमुख अतिथिका मन्तव्य

पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. २५ का अध्यक्ष मोतिलाल तिमिल्सिनाले हेमजाको हिलो महोत्सव यस क्षेत्रको मौलिक सांस्कृतिक पहिचान हो भनी उल्लेख गर्दै महानगरपालिकाले यसलाई विशेष प्राथमिकतामा राखी निरन्तर सहयोग गर्दै आएको जानकारी दिए।

कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत अर्जुन देव ज्ञावलीले यस्ता कार्यक्रमहरू नेपाली समाजको मौलिकता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले निर्देशनालय पनि भविष्यमा सहकार्य गर्न इच्छुक रहेको बताए।

देवीस्थान सेवा समाजका सल्लाहकार चूडामणि तिम्सिनाले हेमजाको सांस्कृतिक परम्परा युवा पुस्तामार्फत संरक्षण हुनु गर्वको कुरा भएको बताए। संस्कार र संस्कृति पुस्तान्तरण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो।

प्रतियोगिताका नतिजा

झाँकी र्याली

प्रथम: देवीस्थान आमा समूह

द्वितीय: देवीस्थान भजन समूह

तृतीय: चापाघाट आमा समूह

४० वर्षमाथिको पुरुष हिले दौड

प्रथम: ईश्वर सापकोटा

द्वितीय: वसन्त सापकोटा

महिला हिले दौड (खुल्ला)

प्रथम: रमा भण्डारी

द्वितीय: कल्पना भण्डारी

विद्यालय स्तरीय धान रोपाइँ

प्रथम: विष्णुपादुका मावि

द्वितीय: हेमजा बेडिङ

हिले दौड (खुल्ला पुरुष)

प्रथम: सागर नेपाली

द्वितीय: अभियान तिम्सिना

रस्साकस्सी (पुरुष)

प्रथम: सुन्दर पुरी युवा समूह

द्वितीय: सिमपानी दाजुभाइ समूह

बच्चा दौड

प्रथम: वसन्त रसाइली

हलगोरु दौड

प्रथम: हरी परियार

द्वितीय: रोशन परिवार

रस्साकस्सी (महिला)

प्रथम: विश्वकर्मा आमा समूह

द्वितीय: देवीस्थान आमा समूह

असारे गीत प्रतियोगिता

प्रथम: दहरे देउराली आमा समूह

द्वितीय: देवीस्थान आमा समूह

माछा समाउने प्रतियोगिता

प्रथम: सरुँ परियार

द्वितीय: विवेक विक

विशेष सम्मान

उत्कृष्ट किसान सम्मान

डिल्लीनाथ अधिकारी

सीता तिम्सिना

गोविन्द तिम्सिना

शैक्षिक उत्कृष्टता सम्मान

अंकित थापा (स्नो भ्यू सेकेन्डरी स्कूल, एसईई २०८१ मा ४.० जिपिए)

भजन विधामा विशेष योगदान

प्रथम: देवीस्थान भजन समूह

द्वितीय: माछापुच्छ्रे सेवा समाज

उत्कृष्ट शब्द चयन: मातृकेश्वर भजन समूह

महोत्सव कार्यक्रम देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य कार्यक्रम संयोजक चन्द्रकला पोख्रेलले दिएकी थिइन् भने सञ्चालन सचिव पुष्पराज तिम्सिनाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: