
पोखरा। पोखरा महानगरपालिका- ८ शान्तिमार्ग स्थित सृजना सेकेण्डरी स्कूलले यही असार १६ गते सोमवारका दिन विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा सम्मिलित भई ४ जिपिएसहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा उच्च सफल भएका सम्पूर्ण विद्यार्थीहरूका लागि बधाई तथा सम्मान कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरेको हो।
विद्यालयका निर्देशक सीता पाण्डेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा एसइई उत्तीर्ण विद्यार्थीहरूका अभिभावक तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विद्यालयका प्राचार्य डोलराज पाण्डे र सल्लाहकार कृष्ण घिमिरेले एस्ईई उत्तीर्ण विद्यार्थीहरूलाई खादा, टीका र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।
यसैक्रममा प्राचार्य पाण्डेले मन्तव्य राख्दै अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त प्रयासबाट यस प्रकारको उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको कुरा स्मरण गर्दै विद्यार्थी, अभिभावक एवम् शिक्षक कर्मचारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए।
उक्त कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका सल्लाहकार कृष्ण घिमिरे, शिक्षक प्रकाश क्षेत्री तथा अभिभावक कुशुम गौचनले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।
यसैगरी एसईई उत्तीर्ण विद्यार्थीहरूका तर्फबाट योजना माझी, स्पन्दन गोर्खाली र प्रिन्सा अर्यालले मन्तव्य राखेका थिए। उक्त बधाई तथा सम्मान कार्यकम विद्यालयका शिक्षक विष्णुप्रसाद सुवेदीले सञ्चालन गरेका थिए।
