विद्यार्थी र अभिभावकको रोजाइमा हिमाल कलेज अफ म्यानेजमेन्ट

Share:

पोखरा। पोखराको एक प्रतिष्ठित शैक्षिक संस्था हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ को भर्ना प्रक्रियाअन्तर्गत फारम वितरण उत्साहजनक रूपमा जारी रहेको छ। व्यवस्थापन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएको यस कलेजप्रति विद्यार्थी तथा अभिभावकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दो छ।

कलेजको गुणस्तरीय शिक्षा, अभ्यासमुखी सिकाइ पद्धति, र अनुशासित शैक्षिक वातावरणका कारण हालसम्म सयौं विद्यार्थी तथा अभिभावकले भर्ना फारम भरेका छन्।

“पढाऔँ, सिकाऔँ र कमाऔँ” भन्ने व्यवहारिक शिक्षण दर्शनमा आधारित हिमाल कलेजले “हेरौं, सिकौं र कमाऔँ” अभियानमार्फत विद्यार्थीमा व्यवसायिक सोच, नेतृत्व क्षमता, र उद्यमशीलता विकास गर्दै आएको छ।

उक्त अभियान विद्यार्थी आफैंको नेतृत्वमा सञ्चालित हुने भएकाले उनीहरूमा आत्मनिर्भरता र व्यवहारिक ज्ञान थप मजबुत हुँदै गएको कलेज स्रोतले जनाएको छ। हाल भर्ना प्रक्रिया जारी रहेको र आगामी दिनहरूमा अझ उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको कलेजले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: